सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुलाई करियर स्टेशनमा विशेष छुट

काठमाडौं , पुस १ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले करियर स्टेशनमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेशन बीच बैंकका ग्राहकहरुलाई विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहकहरु र परिवारका सदस्यहरुले करियर स्टेशनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्झौतामा आईईएलटीएस, कुम्याट, टफेल, स्याट, पीटीई, सीम्याट, जीम्याट र जीआरईका तयारी कक्षामा विशेष छुट दिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्