गगन थापा भन्छन्- बरालिएका ओलीलाई बाँध्न संसद बैठक बोलाऔं

काठमाडौं, पुस १ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओलीलाई संसद बैठक बोलाउन बाध्य पार्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेका छन्, पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौं बरालिएका केपी शर्मा ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं। उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔं। संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौं।

अगाडि उनले त्यो बेला यी विषयमा मनन नगर्दा आजको परिस्थिति आएको बताएका छन्।

आज बैठक बस्दै हुनुहुन्छ। पार्टी सभापतिलाई फेरी विनम्र अनुरोध। संविधानको धारा ९३ ९३०अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔ, उनले लेखेका छन्।

उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्ने रणनीति लिन पनि उनले सुझाव दिएका छन्।उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गर्नुपर्ने र संसद तथा सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पार्नुपर्ने उनको टिपण्णी छ ।

प्रतिक्रिया दिनुहोस्