सकियो ओली र प्रचण्डबीचको वान टु वान वार्ता , केहीबेरमा स्थायी समिति बैठक सुरु हुने

काठमाडौं , पुस १ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा जारी वान टु वान वार्ता सकिएको छ ।

नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच वान टु वान वार्ता भएको हो । अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ । स्थायी कमिटीका अन्य सदस्यहरु बैठकका लाागि बालुवाटार पुगिसकेका छन्।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

यता मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएकाले आजको स्थायी कमिटी बैठकमा ओलीको आलोचना हुने आँकलन गरिएको छ। बैठकमा ओलीको उपस्थितिबारे अन्योल छ।

अध्यादेशका विषयमा प्रचण्डले ओलीको सार्वजनिक रुपमै आलोचना गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्