सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटीमा छुट

काठमाडौं , मंसिर ३० । सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटीबीच बैंकका ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थ ग्रुपका होटेलहरुमा खान, बस्‍न तथा बेबरेजजस्ता सुविधाको भुक्तानी गर्दा बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्ने जनाइएको छ ।

सम्झौतापश्चात् सिद्धार्थ ग्रुपअन्तर्गत काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर महेन्द्रनगर, कैलाली, बुटवल, सुर्खेत, बिर्तामोडलगायत अन्य जिल्लामा अवस्थित होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा पनि छुट पाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्