काठमाडौं उपत्यकामा थपिए ४३८ जना संक्रमित, कोरोनाको खोप ल्याउने तयारी तीव्र: स्वास्थ्य मन्त्रालय

काठमाडौं , मंसिर ३० । आज काठमाडौं उपत्यकामा थप ४३८ जनामा कोरोना पुष्टि भएको छ । । १७४ महिला र २६४ पुरुषसहित ४३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नेपालमा कोरोना जित्नेको संख्या वृद्धि भएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको खोप ल्याउनको लागि तयारी तीव्र पारिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै खोपका सम्बन्धमा सरकारबाट भएका गतिविधिबारे जानकारी गराएका हुन्।विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय निकायहरूमा खोप प्राप्तिका लागि पत्राचार भइसकेको छ।

साथै, ती निकायहरूमा प्राविधिक सहयोग र कोभ्याक्स कोल्डचेन उपकरणका लागि पनि अनुरोध गरिएको छ।मन्त्रालयले ७२ प्रतिशत नेपालीलाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी अगाडि बढाएको जनाएको छ।स्वास्थ्य मन्त्रालयले खोप सम्बन्धी प्राविधिक सुझाव दिन विज्ञ सल्लाहकार समिति बनाएर अघि बढिरहेको पनि जानकारी गराएको छ।

मन्त्रालयले खोप सचिवालयको गठन, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिने, आवश्यकता आँकलन, सेवाग्राहीको व्याख्यासहितको प्राथमिकीकरण, डिप्लोएमेन्ट प्लान, खोप कोषको प्रस्ताव आह्वान, सञ्चालन, सार्वजनिक सूचना प्रवाह निर्देशिका साझेदारसँगको संवाद, अनुगमन नियमन अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन पहिचान गर्न कार्यदल बनाएर काम गरिरहेका जनाएको छ।

प्रतिक्रिया दिनुहोस्