संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न प्रचण्डको माग

काठमाडौं , मंसिर ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी गरेसँगै उनले यस्तो माग गरेका हुन् । प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै विरोध
पनि गरेका छन् ।

‘सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास रहेको भन्दै प्रचण्डले यो यो बदनियतपूर्ण रहेको भन्दै तरुन्त खारेज हुनुपर्ने बताएका छन् ।

यता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकारद्वारा ल्याइएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरेको छ । काँग्रेस महामन्त्री डा। शशांक कोइरालाले तत्काल अध्यादेश ल्याउनैपर्ने अवस्था नरहेको प्रस्ट पारेका छन् । काँग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले पनि अध्यादेश ल्याउने सरकारको कदमको विरोध गरे

प्रतिक्रिया दिनुहोस्