सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता : गगन थापा
काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व रहेको बताएका छन् ।
अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताए । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले यस्तो बताएका हुन् ।
कांग्रेसले अहिले बाँकी सबै कुरा बिर्सेर सरकारलाई जनताप्रति उत्तरदायी तथा उनीहरुको दुःखप्रति जिम्मेवार बनाउने प्रयास गरिरहेको उनले बताए ।
नेता थापाले देशभर सडकमा ओर्लिएर सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता रहेको उल्लेख पनि गरे। साथै उनले युवा नेता थापाले पार्टीको महाधिवेशनका विषयमा सम्भवतः पुसको २ वा ३ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्