प्रधानमन्त्रीले मागे नेकपाका प्रमुख सचेतक गुरुङको राजीनामा

काठमाडौँ, मंसिर ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरूङको राजीनामा मागेका छन् ।प्रधानमन्त्री ओलीले गुरुङलाई बालुवाटारमा बोलाएर राजीनामा माग गरेका हुन् ।

दलका नेताले नै आफुविरुद्धको गतिविधि गर्दै हिँडेको भन्दै उनले गुरुङको राजीनामा माग गरेका हुन्।नेकपा संसदीय दलका नेतासमेत रहेका ओलीले मंसिर २८ गते बसेको स्थायी कमिटीको बैठकपछि गुरुङलाई बोलाएर प्रमुख सचेतकबाट राजीनमा माग गरेका हुन्।

यता नेकपाका प्रमुख सचेतक गुरुङले भने यस विषयमा कुनै टिप्पणी नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्