प्रदर्शनमा उत्रिएका उखु किसानले राखे वार्ताका लागि दुई बुँदे सर्त
काठमाडौं , मंसिर ३० । यति बेला उखु किसानहरु माइतीघर मण्डलामा आन्दोलनरत छन् । उनीहरुले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम नपाएको भन्दै आन्दोलमा उत्रेका हुन् । उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरे ।
सरकार र ऊखु किसानबीच सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि रकम भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलनका लागि काठमाडौं आएका हुन् । यसैबीच उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि पत्र पठाएपछि उखु किसान संघर्ष समिति, सर्लाहीले सर्त राखेको हो ।
मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने आफूहरुको सर्त भएको संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए । यता जबसम्म सम्पूर्ण रकम प्राप्त हुँदैन, तबसम्म आफूहरु काठमाडौंबाट नफर्किने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्