देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं, मंसिर ३० । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ।

काठमाडौं, सर्लाही, दाङ, मोरङ, सप्तरी र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित निर्माण कार्यमा संलग्न ना २ क ३२३ नम्बरको निसान गाडी सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनीष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ घर भएका २४ वर्षीय मानकुमार माझीको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै कीर्तिपुर नगरपालिका–६ चोभार मञ्जुश्रीपार्क नजिक सडकमा बा।४ ख ४५६५ नम्बरको टिपर र स।१० प ४९१३ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ च्याङसीटार–५ बस्ने २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको छ।दुवै सवारीसाधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही, धनकौल गाउँपलिका–५ छटिघाटस्थित सडकमा बीआर ३० यु ४१९१ नम्बरको मोटसाइकल अनियन्त्रित भई पुलबाट करिब १० फिट तल खसेर सोमबार साँझ दुर्घटना हुँदा चालक कौडेना नगरपालिका–६ सक्रोल बस्ने ३५ वर्षीय प्रमोद रायको मृत्यु भएको छ।

प्रहरीका अनुसार दाङ, घोराही उपमहानगरपालिका–१८ मुसलबान डाँडास्थित सडकमा लु।६५ प ८०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चलाइरहेका सोही ठाउँ बस्ने १७ वर्षीय वीरेन्द्र रोकामगरको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मुत्यु भएको हो।

दाङकै राप्ती गाउँपालिका–८ बिजौरीस्थित सडकमा लु।१ ख ७००६ नम्बरको ट्रकमा रा।३ प १३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही गाउँपालिका–७ अननपुर बस्ने २७ वर्षीय अनिल चौधरीको सोमबार राति मृत्यु भएको छ।

गम्भीर घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।यस्तै विराटनगर महानगरपालिका–१५ झमेली चोकमा मे।७ प ६३३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया बिखियादेवी साहको सोमबार बेलुका मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सप्तरी, सुरुंगा नगरपालिका–४ कन्कपुरस्थित सडकमा प्रदेश २–०१–००१ प ५२६४ नम्बरको मोटरसाइकल स।१ त ३०८६ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक खडक नगरपालिका–३ बस्ने २५ वर्षीय सागर चौधरीको मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनको राउ अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ।

यसैगरी धनुषा, बिदेह नगरपालिका–५ मुडिवास्थित सडकमा ज।१ त ६९६३ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय दिलीप पासवानको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सोही नगरपलिका–६ गिद्धा बस्ने ४५ वर्षीय सिंगेश्वर दासलाई उपचारका लागि जनकपुरतर्फ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्