लक्ष्मी बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं , मंसिर ३० । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको बैंक सञ्‍चालक समिति बैठकले आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल ११।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्‍ने कर प्रयोजनका लागि समेत गरी २।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभानबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्