सकियो मन्त्रिपरिषद् बैठक, के भयो छलफल ?

काठमाडौं, मंसिर ३० । बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको मन्त्रिपरिषद्‍ बैठक सकिएको छ। बैठक भर्खरै सकिएको हो।बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको बताइएको छ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।

बैठक नियमित भएको र बाहिर आएजस्तै त्यस्तो आकस्मिक बैठक बसेको नभएको बैठकमा उपस्थित एक मन्त्रीले बताएका छन् । मंगलबार बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्