बिहान बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित,अब साँझ ५ बजे पुनः बस्ने
काठमाडौँ , मंसिर ३० । मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको हो । गणपूरक नपुगेर स्थगित भएको संवैधानिक परिषद्को बैठक पुनः साँझ ५ बजेको लागि बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित भएपछि गणपूरक नपुगेर बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, सभामुख, प्रधानन्यायधीश, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । ६ जनामध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् । त्यस्तै उपसभामुख पद रिक्त रिक्त छ ।
प्रतिक्रिया दिनुहोस्