आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, मंसिर ३० । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।आज सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।यसअघि सोमबार पनि सुनको मूल्यमा एक सय रूपैयाँकै गिरावट आएको थियो ।

चाँदीको मूल्य भने आज प्रतितोला १२ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्