संवैधानिक आयोगमा नियुक्तिका लागि प्रधानमन्त्रीको प्रयास, दाहाल–नेपाल समूहको असन्तुष्टि

काठमाडौँ , मंसिर २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएका छन् ।

अनौपचारिक छलफल र सहमतिको कोसिसका लागि तीन दिन स्थायी कमिटी बैठक बोलाएर आफूहरु लचिलो भएकै बेला प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा मंगलबार परिषद्को बैठक बोलाएर विवाद बढाउने काम गरेको दाहाल–नेपाल समूहको भनाइ छ ।

विभिन्न संवैधानिक आयोगहरूमा ४५ पद खाली छन् । ती पदमा नियुक्तिलाई लिएर प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवासँग पटकपटक छलफल गरेका छन् । यद्यपि सहमति भने जुट्न सकेको थिएन ।

तर, मंगलबारको बैठकमा विपक्षीलाईसमेत सन्तुष्ट पार्ने गरी भागबन्डा गरेर संवैधानिक आयोगहरूमा नियुक्तिको तयारी भएको दावी गर्दै दाहाल–नेपाल समूहको असन्तुष्टि आएको हो । यसले पार्टी विवाद थप चर्काउने उनीहरुको चेतावनी छ । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे संवैधानिक परिषद बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्