हस्तकला वर्ष घोषणाको अवसरमा द्धीप प्रज्वलन
काठमाडौं, २९ मंसिर। नेपाल हस्तकला महासंघको ४८औं बार्षिकोत्सब नवौं हस्तकला दिवसको अवसरमा ललितपुर हस्तकला संघले द्धीप प्रज्वलन गरेको छ । हस्तकला वर्ष उद्घाटनको अवसरमा ललितपुरको मंगलबजार मन्दिर परिसरमा द्धीप प्रज्वलन गरिएको संघका अध्यक्ष विश्राम सिंहले हिमालय टाइम्सलाई बताउनुभयो । हस्तकला वर्षको अवसरमा संघले पनि महासंघसँगको सहकार्यका वार्षिकरुपमा हस्तकला प्रवद्र्धनसम्वन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।
हस्तकला महासंघले आइतबार हस्तकला वर्षको घोषणा गरेको थियो । हस्तकला वर्षको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र महासंघ अध्यक्ष सुरेन्द्र भाई शाक्यले सयुक्तरुपमा शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा मन्त्री गुरुङले निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तराष्टिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकार नीतिगत सुधार गर्न तयार रहेको बताउनुभएको थियो । उहाँले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारकातर्फ के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, सोबारेमा सुझाव दिन महासंघलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड, सचिव वैकुण्ठ अर्याल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र कार्यकारी निर्देशक शरद विक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले पनि हस्तकला प्रवद्र्धनमा जोड दिनुभएको थियो । महासंघले हस्तकला वर्षका लागि विभिन्न २५ बुँदे वार्षिक कार्यक्रमको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्