नेपाल बङ्गलादेश बैंकले सुरू गर्यो कर्पोरेट प्रणालीको सुरुवात

काठमाडौं, मंसिर २८ । नेपाल बङ्गलादेश बैंकले कर्पोरेट प्रणालीको सुरुवात गरेको छ । बैंकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको हो ।

त्यसका लागि बैंकले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ।उक्त सम्झौता पत्रमा बैंकका सिनियर मेनेजर प्रदिप नेपाल र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

अब डिजिटल प्ल्याटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन्। साथै ग्राहकले आवश्यकता अनुरुप यो प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु लिङ्क गरी कारोबार गर्न सक्नेछन् । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लेटफर्म प्रदान गर्दै आएको छ ।

कर्पोरेट पेको सुरुवातले व्यवसायिक ग्राहकहरुलाई पनि डिजिटल मुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने बैंकको विश्वास छ । यो प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगेरै विभिन्न भुक्तानी अनलाइनबाटै गर्न सकिने हुँदा व्यवसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्