सरकारविरुद्ध सिटी जुलुस निकालेर नेविसंघको प्रदर्शन
काठमाडौं, मंसिर २८ । प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। नेविसंघले आइतबार त्रिचन्द्र कलेज परिसरको सडकमै बसेर सिटी जुलुस निकालेको हो।
प्रदर्शनमा ओली सरकारको एउटै मिसन,हरेक कुरामा कमिशन,सर्वसत्तावादी ओली सरकार मूर्दावादलगायत नारा लगाइएको थियो। सरकारका गतिविधि,भ्रष्टचारलगायत मुद्दामा नेपाली कांग्रेसले पनि भोलि देशभर प्रदर्शन गर्ने जनाएको छ।
विद्यार्थी नेताहरुले भोलि हुने कांग्रेसको देशब्यापी विरोध प्रदर्शनलाई सफल पार्न आह्वान पनि गरेका छन्।कांग्रेसले भोलि (मंसिर २९ गते) देशका ७७ वटै जिल्लामा सरकार विरोधी प्रदर्शन गर्ने तयारी गरेको छ।
केही दिनअघि तनहूँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार तथा सरकारका गलत क्रियाकलापविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कांग्रेसले घोषणा गरेको थियो।
















प्रतिक्रिया दिनुहोस्