यी ७ वर्षकी बालिकाले ८० केजी वजन उचालेर रचिन् इतिहास!
काठमाडौं, मंसिर २८ । ७ वर्षकी एक बालिकाले ८० केजी वजन उचालेर इतिहास रचेकी छन् । ७ वर्षकी बालिकाले भारत्तोलनमा नयाँ इतिहास रचेकी हुन् । क्यानडा ओटवाकी रोरी भान अल्फत्ले सानो उमेरमै ८० केजी वजन उचालेर इतिहास रचेकी हुन् ।
७ वर्षको उमेरमै ८० केजी उचालेपछि उनी ८० केजी उचाल्ने सबैभन्दा कान्छी भारत्तोलन खेलाडी पनि बनेकी छन् । उनी जिम्न्यास्टिकबाट दुई वर्ष अगाडि मात्र भारत्तोलनमा प्रवेश गरेकी हुन्। मार्काका अनुसार उनी विश्वकै बलियो ७ वर्षीया बालिका हुन्। यो उमेरमा उनकै जति वजन उचाल्ने क्षमता कुनै बालकमा नभएको पनि बताइएको छ।
रोरीले यसअघि अमेरिकाको ११ वर्षभन्दा मुनीको र १३ वर्ष मुनी उमेर समुहको भारत्तोलन प्रतियोगिता पनि जितेकी थिइन्।उनको यो जितले अहिले विश्वभर र्नै चर्चा पाइरहेको छ । यति सानै उमेरमा यसरी ८० केजी तौल उचालेर इतिहास रच्नु चानचुने कुरा भने होइन । सबैले यस्तो काहाँपो सक्छनर । यसैले यी नानीलाई हामीले बधाइ त दिनै पर्छ ।
प्रतिक्रिया दिनुहोस्