काठमाडौं उपत्यकामा थपिए ३सय ४८ जना संक्रमित

काठमाडौं , मंसिर २८ । आइतबार काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १५० महिला र १९८ पुरुषसहित ३४८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २५८ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आइतबार १५ सय डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४।९ प्रतिशत हो।

यस्तै अहिले ५१६ जना क्वारेन्टिन र १० हजार ९९४ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २९४ जनाको आइसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्