मर्चेन्ट बैंकर्स संघको साधारणसभा: नयाँ कार्यसमिति चयन , अध्यक्षमा थापा

काठमाडौँ , मंसिर २८ । नेपाल मर्चेन्ट बैंकर्स संघको ११ औँ साधारणसभा सम्पन्न भएको छ । यही मंसिर २६ गते सम्पन्न साधारण सभाले ७ सदस्यीय कार्यसमिति चयन पनि गरेको छ।

जसको संघको नवनिर्वाचित अध्यक्षमा मेखबहादुर थापा, उपाध्यक्षमा विजयलाल श्रेष्ठ, पारसमणि ढकाल र कोषाध्यक्षमा रमेन्द्र रायमाझी रहेका छन्।

त्यस्तै सभाले सदस्यमा दिपेश वैद्य, नारायण प्रसाद घिमिरे र रोशनी भारतीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्