थप ९ जना संक्रमितको मृत्यु, थपिए ८३० कोरोना संक्रमित

काठमाडौँ, मंसिर २८ । नेपालमा कोरोनाबाट आज थप ९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान मृत्यु हुनेको संख्या १६९८ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ५०० संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९९४ छ ।मन्त्रालयका अनुसार १० हजार ९९४ जना आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३५ हजार ७३१ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्