सुरक्षा प्रमुखहरुको निर्देशन – विप्लवका गतिविधि र तस्करी नियन्त्रणमा केन्द्रित हुनुहोस्
काठमाडौं, मंसिर २८ । तराईमा अब विप्लव समूहका गतिविधिसँगै तस्करी नियन्त्रणमा केन्द्रित हुन निर्देशन दिएको छ । तीन सुरक्षा निकायका प्रमुखले यस्तो निर्देश दिएका हुन् । पछिल्लो समय विप्लवका गतिविधि फेरि बढ्न थालेका छन् ।
यसरी बढिरहेका बेला नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले गौरमा सुरक्षा अधिकारीहरुलाई संयुक्तरुपमा निर्देशन दिँदै अहिले तराईको मुख्य चुनौती प्रतिवन्धित नेकपा विप्लव समूह र तस्करी भएको बताए ।
तीनै सुरक्षा निकायका प्रदेश प्रमुखसँगै बारा, पर्सा, सर्लाही, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरुलाई यस्तो निर्देशन दिएको हो ।‘ पछिल्लो समय तराई प्रदेशमा लगाएत २ नम्बर प्रदेशमा तस्करी धेरै भइरहेको छ ।
यसमा कठोर भएर कारबाहीमा उत्रिन उनीहरुले निर्देशन दिएका हुन् । यस्तै लैंगिक हिंसाका घटनामा शून्य सहशीलता अपनाउन र मिलापत्र नगराउन पनि सुरक्षा प्रमुखहरुले निर्देशन दिएका छ्न्।















प्रतिक्रिया दिनुहोस्