देशमा विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना, ७ जनाको मृत्यु, ३ घाइते

काठमाडौं , मंसिर २८ । देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा धनुषा, बझाङ, गोरखा, रौतहट, सिरहा र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मत्यु भएको हो । अन्य ३ जना घाइते भएका छन् ।

धनुषा, गणेशमानचारनाथ नगरपालिका ८ कमलापुलस्थित सडकमा ना.५ ख ४७४९ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सिरहा कर्जन्हा नगरपालिका ३ बन्दीपुर बस्ने ५५ वर्षीय नथुनी विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जनामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङ, तलकोट गाउँपालिका ३ चिरकिट्टेमा बा.३ क ६०० नम्बरको टिपर सडकबाट ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार कञ्चनपुर भीमदत्त नगरपालिका १९ बस्ने २१ वर्षीय मनोज भट्टसमेत २ जनाको मृत्यु भएको छ । दुर्घटनागम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

गोरखा, सिरानचोक गाउँपालिका २ थालाजुङस्थित नयाँ गाउँमा ना।३ ख ८१४३ नम्बरको बसको ढोकाबाट खसेर सोही गाउँपालिका सिरिचौर बस्ने ४८ वर्षीय बुद्दिबहादुर रम्तेलको भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भच्चेकमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, वृन्दावान नगरपालिका ७ धमैरास्थित सडकमा बीआर ३० सी २९२८ नम्बरको मोटरसाइकल ना।४ ख २७२५ नम्बरको ट्रकमा ठोकिँदा मोटरसाइकल चालक वृन्दावान नगरपालिका ७ बस्ने २७ वर्षीय बिशालपालको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको चपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै मोरङ, विराटनगर महानगरपालिका १३ स्थित सडकमा प्र १–०२–०४२ प ९६४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका १३ बस्ने सप्तरी राजबिराज घर भएकी ६१ वर्षीया शान्ती देवी देवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, मिर्चैया नगरपालिका ३ स्थित भित्री सडकमा स।५ प ८२२९ नम्बरको मोटरसाइकललाई को।२ त ३०९५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका ८ अरङ बस्ने ५५ वर्षीय देबेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियाल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्