ट्रम्प र बाइडेन पक्षबीच छुरा हानाहान, ४ जना घाइते, २३ जना गिरफ्तार

काठमाडौं, मंसिर २८ । चुनावमा आफ्नो हार अझै अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका समूहबीच वासिङ्टनमा चक्कु हानाहान भएको छ।

ट्रम्पका पक्षधर प्राउड ब्वाइज समूहले चुनावमा धाँधली भएको भन्दै वासिङटन डीसीका सडकमा प्रदर्शन गर्ने क्रममा बाइडेन पक्षधरका एन्टिफा काउन्टर प्रोटेस्टर समूहसँग शनिबार झडप भएको हो।

त्यस क्रममा छुरा प्रहारबाट ४ जना घाइते भएका छन्। अहिले उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।झडपमा संलग्न आरोपमा प्रहरीले २३ जनालाई गिरफ्तार गरेको छ।

गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनमा जो बाइडेनले जित हासिल गरिसकेका छन्। तर पनि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै आफ्नो हार अस्वीकार गरिरहेका छन् र नतिजा उल्टाउन अदालत धाइरहेका छन्।

यता सर्वोच्च अदालतले समेत उनको मुद्दा खारेज गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्