प्रवक्ता श्रेष्ठ मुछिएको विवादको बचाउमा प्रचण्ड, ओली चुपचाप

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टीको आइतवार बालुवाटारमा बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा लामाको निधनबारे पार्टीले शोक ब्यक्त गरेको थियो। यसैबीच पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको विवादमा मुछिएका छन् ।

नेकपा नेता तथा संविधानसभा सदस्य कमान सिंह लामा प्रकरणमा उनी मुछिएका छन् । यता आजको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले कमानसिंह लामा र नारायणकाजीको विवादबारे भ्रममा नपर्न आग्रह गरेका छन्।प्रचण्डले एउटा हाइड्रोपावर विवादमा पार्टीका प्रवक्तालाई मुछेर भएको विवादमा अनावश्यक भ्रममा नपर्न आग्रह गरेका हुन् । साथै उनले मिल्नुस् भन्नेबाहेक अरु केही  देखिँदैन समेत भने ।

बैठक सुरु हुनासाथ प्रचण्डले नारायणकाजी र मृतक लामाको सम्बन्धका बारेमा बोलेका थिए। प्रचण्डले लामा र नारायणकाजीबीच भएको विवाद सामान्य खालको भएको बताएका थिए। प्रचण्डले नारायणकाजीको बचाउ गर्दा ओली भने मौन रहेका थिए ।

यसबारे प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीको धारणा के थियो भन्ने पत्रकारको प्रश्नको जिज्ञासामा प्रवक्ता श्रेष्ठले यसबारे पार्टीमा थप छलफल नभएको बताए ।कमानसिंह प्रकरणमा प्रवक्ता श्रेष्ठले अढाई करोडभन्दा धेरै रकम खाइदिएको आरोप लागेको छ। कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीसहितका कारण आफ्नो जीवन बर्बाद भएको बताएका थिए।

तर यता नारायणकाजीले भने आफूले कमानसिंहले जलविद्युतमा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिँदै आएका छन्। यसैबीच श्रेष्ठको राजीनामा माग्दै आइतवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडि प्रदर्शन भएको छ।

नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुको नाममा बालुवाटारमा प्रदर्शन गरिएको हो। नेकपा नेता तथा संविधानसभा सदस्य कमान सिंह लामा प्रकरणमा छानबिनको माग पनि उनीहरुले गरेका छन्। बालुवाटार परिसरमा नेकपा स्थायी कमिटी बैठक बसेकै दिन प्रदर्शन भएको हो।

प्रतिक्रिया दिनुहोस्