प्रभु लाइफको इन्स्योरेन्सको आईपीओ सोमबारदेखि खुल्दै
काठमाडौं , मंसिर २७ । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ सोमबारदेखि खुल्दैछ । नयाँ लाइसेन्सप्राप्त जीवनबीमा कम्पनीमध्येको दोस्रो आईपीओको रुपमा प्रभुले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
अहिले सो कम्पनीसँग १ अर्ब ४० करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको सो इन्स्योरेन्सले आफ्नो चुक्ता पुँजीलाई जारी पुँजी बराबर पुर्याउन सो आईपीओ निष्कासन गर्न लागेको हो । सो आईपीओ जारी भएसँगै प्रभु लाइफले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब बराबरको चुक्ता पुँजी पुग्नेछ । त्यस्तै, सञ्चालनमा आएको ३ वर्षभित्र साधारण सेयरनिष्कासन गर्नैपर्ने नियामकीय प्रक्रिया समेत पूरा गर्नेछ ।
प्रभु लाइफले जारी गर्न लागेको उक्त शेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोष ९म्युचुअल फण्ड० का लागि ३/३ लाख कित्ता समेत छुट्याएको छ । बाँकी रहेको ५४ लाख कित्ता सेयर भने सर्वसाधारण शेयरधनीले प्राप्त गर्नेछन् । १ सय रुपैयाँ बराबरको अंकित मूल्यमा उक्त आईपीओ बिक्री हुनेछ । सो आवेदन डिम्याट एकाउन्टमा आवद्ध भएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । उक्त सोमबारदेखि खुल्ने उक्त आईपीओको आवेदन बिहीबार ९पुस २ गते० बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस्