अर्थमन्त्री पौडेल र फिनल्याण्डका राजदूतबीच शिष्टाचार भेट
काठमाडौं , मंसिर २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका राजदूत प्रिटी एन्टिनिबीच भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा शुक्रबार अर्थमन्त्री र राजदूत बीच शिष्टाचार भेटवार्ता भएको हो ।
उक्त भेटका क्रममा मन्त्रीले पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध रहेको बताउँदै सहकार्य जारी रहने बताएका थिए ।सोही क्रममा अर्थमन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड–१९ महामारीे नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । पौडेलले नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका छन्।
राजदूत एन्टिनिले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारे समेत जानकारी गराएका थिए । साथै राजदूतले नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जाने समेत बताए ।















प्रतिक्रिया दिनुहोस्