अहिले मास्क नलगाई सुखै छैन , गुणस्तरहिन मास्क लगाउँदा बिग्रनसक्छ छाला
काठमाडौं, मंसिर २६ । कोरोनाको त्रासका कारण पछिल्लो समय मास्क नलगाई नहुने भएको छ । यति बेला लगाउनै पर्ने बाध्यता छ । केहि सिमितले मात्रै धुलो धुँवाबाट बन्चका लागि लगाउने गथ्र्य तर अहिले यो नलगाई सुखै छैन । कोरोनाबाट बच्न र रोग लागन् नदिन लगाउनु पर्ने बाध्यता छ । तर मास्क पनि कुन खालको लगाउने भन्ने धेरैलाई थाहा छैन ।
यसैबीच गुणस्तरहिन मास्कको प्रयोगले अनुहारको छालामा विभिन्न समस्या देखिन सक्ने भन्दै गुणस्तरयुक्त मास्कमात्र प्रयोग गर्न चिकित्सकले सुझाएका छन् ।कोरोना संक्रमणबाट बच्न मानिसहरुले मास्क लगाउनै पर्ने अवस्था रहेको र मास्कको धेरै माग हुँदा कम गुणस्तरको मास्कको प्रयोगले अनुहारको छालामा समस्याहरु देखिन सक्ने छाला तथा सौन्दर्य विशेषज्ञ डा धर्मेन्द्र कर्णले बताए ।
उनले बजारमा पाइने कतिपय मास्कहरुमा तीन तह पनि नहुने गरेको र मास्कमा हुने तह नरम र गुणस्तरिय नभएको पनि बताए । डा कर्णले गुणस्तरहिन मास्को प्रयोगले मानिसको अनुहारमा एलर्जी हुने, ओठ सुख्खा हुने, मास्क लगाएको भागमा रातो हुने, मास्क अड्काउदा काममा दुखाई बढ्ने, डन्डीफोहोरहरु आउने लगायतका समस्या हुने बताए ।
कोरोना संक्रमणबाट बच्न मास्क अनिवार्य हुने भएपनि अनुहारको छालाको लागि धेरै समय मास्क लगाउनु उपयुक्त नहुने डा कर्णले बताए ।डा. कर्णले सम्भव भएसम्म कटनको तीन तहको मास्क प्रयोग गर्न सुझाव पनि दिए ।
उनले बालबालिकाहरुलाई बढी कसिलो मास्क लगाइदिदा उनीहरुको कान पाक्ने समस्या समेत देखिने भएकाले मास्क लगाउँदा बिषेश ध्यान दिनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्