काठमाडौं उपत्यकामा थपिए ५४१ जना संक्रमित, ३ सय ६० जना आइसियु र भेन्टिलेटरमा

काठमाडौं, मंसिर २६ । काठमाडौं उपत्यकामा थप ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यसैबीच देशभर हाल ३ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। ३ सय १० जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३७ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय १६ आइसियु र २५ भेन्टिलेटरमा छन्।गण्डकीमा ८४ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ७ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्