कुनै एक नेताले गरेको गल्तीको भागीदार सबैलाई बनाउन हुँदैनः अध्यक्ष तिमिल्सिना

काठमाडौं , मंसिर २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिमा कुनै व्यक्तिले गल्ती गर्‍यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने बताएका छन् ।

पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’ विषयक लेखसंग्रहको शुक्रबार पोखरामा विमोचन गर्दै उनले यस्तो बताएका हुन् । एउटाले गरेको गल्तीको भागीदार सबैलाई बनाउन नहुनेमा उनले जोड दिए ।

केही व्यक्तिले खराब काम गरे भन्दैमा सबै राजनीतिकर्मी खराबै हुन् भनी सञ्चारजगत्ले पनि समाचार प्रकाशनरप्रसारण गर्न नहुने अध्यक्ष तिमिल्सिनाको भनाइ रहेको थियो ।

अर्को एक अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रणका लागि साधन–स्रोतमात्र नभइ सतर्कता जरुरी रहेको बताए ।

उनले कोभिड–१९ नियन्त्रणमा ठूला र धनी राष्ट्रलाई समेत हम्मे–हम्मे परेको अवस्थामा नेपालजस्तो गरिब मुलुकले जे–जति नियन्त्रण प्रयास गरेको छ, त्यो सन्तोषजनक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्