सभापति श्रेष्ठ भन्छिन् – संसदीय समितिका निर्देशन सरकारले पालना गर्नैपर्छ

काठमाडौं, मंसिर २६ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताएकी छन्। शुक्रबार पत्रकारसँग कुराकानी गर्दै सभापति श्रेष्ठले यस्तो बताएकी हुन् ।

समितिले दिएको निर्देशन विपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो औंल्याएकी हुन् ।

पत्रकारसँग कुराकानी गर्दै सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशनहरु पालना गर्नुपर्नेमा जोड दिईन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाइ राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उनले बताइन् ।

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो। यता गृहमन्त्री थापालाई निर्देशन दिएको भए पनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

समितिको बैठकमा अधिकांश सांसदहरुले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएका थिए । यसपछि कार्यान्वन गर्न समितिले निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्