सडकबाटै राजा आउ देश बचाऊ भन्ने जमात बढ्यो : कमल थापा

काठमाडौं, मंसिर २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रप्रतिको निराशा सडकमा देखिन थालेको बताएका छन् ।

हेटौंडामा पार्टीको चुनाव चिह्न हलोको झण्डोत्तलन गर्दै उनले यस्तो बताएका हुन् । गणतन्त्रप्रति निराशा छाएकाले सडकबाट राजतन्त्रको माग भएको उनको भनाइ रहेको थियो । अहिलेको समयमा सडकबाटै राजा आउ देश बचाऊ भन्ने जमात बढेको बताउँदै राप्रपाले उठाएको एजेण्डा रहेको उनले बताए । साथै यसमा राप्रपाका कयौं कार्यकर्ता सहभागी रहेको समेत उनले बताए ।

थापाले तत्कालिन ७ दल र माओवादीले विदेशी शक्तिसँग झुकेर नेपाललाई जबर्जस्ती रुपमा गणतन्त्र लादेको जिकिर पनि गरे ।थापाले राप्रपाको लागि गाई चुनाव चिह्न सुहाउने भए पनि पार्टी एकताको लागि बाध्य भएर हलो स्वीकारेको बताए ।

उनले पार्टी एकतासँगै राप्रपा नेपाली जनताका लागि वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन् । नेपालमा कम्युनिष्ट र कांग्रेस पछि सांगठनिक रुपमा राप्रपा बलियो भएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्