परराष्ट्र मन्त्री ज्ञवालीसँग भाजपा नेताको भेटवार्ता, काठमाडौंमा राजनीतिक भेटघाट तीब्र
काठमाडौं, मंसिर २६ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा। विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान भएको सो भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले बताएका छन्।सत्तारुढ दल नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए।
भारतबाट एकपछि अर्को भ्रमण भइरहेका बेला भारतको सत्तारुढ दल भाजपाका नेता पनि यहाँका सत्तारुढ नेताको निमन्त्रणामा आएका हुन्।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार बिहीबार प्रधानमन्त्रीसँग भएको भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको द्विपक्षीय सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै केन्द्रित रहेर कुराकानी भएको थियो। नेकपाभित्र संकट गहिरिएका बेला चौथाइवाको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भएको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
गतवर्षदेखि नेपाल र भारतबीच सीमा विषयमा विवाद हुँदा दुई देशका नेताहरुबीच पनि संवाद तथा भेटवार्ता केहि महिना रोकिएको थियो। पछिल्लो समय भने दुई देशका नेताहरुबीच संवाद तथा भेटवार्ता खुबै हुने गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्