बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

काठमाडौं, मंसिर २६ । चितवनमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै भएको छ भने १९ जना घाइते भएका छन्।

शुक्रबार बिहान ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आइरहेको ना ४ च ५०५० नं को बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका ६ का बोलेरोे चालक ३० वर्षीय निर्मल गुरुङ र सोही ठाउँकी ५० वर्षीया खिमाकुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

घाइतेहरुको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज र पुरोनो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।डीएसपी थापाका अनुसार ओभरलोडका कारण बोलेरो अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुगेको र त्यसपछि करेन्ट सर्ट भएको थियो।

‘गाउँबाट झरेको गाडी, यात्रुको संख्या र सामान हेर्दा ओभरलोड भएको अनुमान प्रहरुलिे गरेको छ ।

प्रतिक्रिया दिनुहोस्