फेसबुकको म्यासेन्जर सेवामा नेपाल लगाएत विश्वभर समस्या

काठमाडौं , मंसिर २५ । फेसबुकको म्यासेन्जर सेवामा नेपाल लगाएत विश्वभर समस्या देखिएको छ। म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न रियाक्ट गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन्।

डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको छ।बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ। नेपाल भारतका सेवाग्राहीले म्यासेन्जरमा समस्या भोगिरहेका छन् ।

यस बारे फेसबुकले भने हालसम्म आफ्नो एप्समा आएको समस्याबारे केही बताएको छैन।

प्रतिक्रिया दिनुहोस्