माछापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं, मंसिर २५ । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६शाखा रहित बैकिङ्ग सेवा विस्तार गरि संचालनमा ल्याएको छ।

बैंकले स्याङजाजिल्लाको पुतलिबजार न।पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.–०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि न।पा.–०९, बिजगौरी, कन्चनपुर बेलौरी न। पा।–०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.–०६, हुटी र जिल्ला कै मलिकार्जुन गा।पा.–०६, उकुमा थप ६शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले १६० वटा शाखाहरु, १४१ शाखा रहित र २ सय एटीएमहरु मार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्