सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

काठमाडौं , मंसिर २५ । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । यो सँगै सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई दिन बिदा दिन सम्भव रहेको भन्दै प्रतिवेदन मार्फत सरकारलाई बिदा दिन सिफारिस गरेको हो ।

हप्तामा दुई दिन बिदा दिने प्रयोग अन्तर्राष्ट्रिय बजारमा समेत निकै सफल र व्यवहारिक देखिएको भन्दै समितिले सोही अनुसार नेपालले पनि गर्ने प्रयोग सक्ने जनाएको छ ।

हाल विश्वका ८८ भन्दा बढि मुलुकहरुमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेकोमा नेपालले पनि सोही प्रयोग गर्न सके, आन्तरिक पर्यटन प्रवद्र्धनका साथै सार्वजनिक खर्चमा कटौती, इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धिल गायतका धेरै क्षेत्रमा फाइदा पुग्ने अध्ययन समितिले बताएको छ । जसले मुलुकको कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा समेत सकारात्मक प्रभाव पार्ने अध्ययनका क्रममा देखिएको समितिले बताएको छ ।

यसका लागि सरकारी कर्मचारीहरुलाई मात्र नभएर निजी क्षेत्रका कर्मचारीहरुलाई समेत सातामा दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त हुने भन्दै अध्ययन समितिले निजी क्षेत्रलाई समेत प्रत्साहन गर्न सिफारिस गरेको छ । हाल नेपालमा हप्ताको एकदिन शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्