हिन्दु राष्ट्र माग गर्दै माइतीघरमा प्रदर्शन, राजाको पुनरागमन कति सार्थक कति निरर्थक ?
काठमाडौं , मंसिर २४ । पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । यसैबीच वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । सनातन संस्कृति समाज नेपालले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका थिए । पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।
२० मंसिरमा राष्ट्रिय नागरिक आन्दोलन समितिले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो । यहीस्थानमा १५ मंसिरमा ‘राष्ट्रिय शक्ति नेपाल’ ले पृथ्वीनारायण शाहको तस्वीर राखेर राजतन्त्रको पक्षमा जुलुस निकालेको थियो । देशका विभिन्न ठाउँमा राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन भइरहेको हो भने कतिपय ठाउँका तयारी थालीएको छ ।











प्रतिक्रिया दिनुहोस्