प्रधानमन्त्री ओली र भाजपाका विदेश विभाग इञ्चार्ज चौथाइवाबीच भेटवार्ता
काठमाडौँ, मंसिर २५ । भारतीय जनता पार्टीको विदेश विभागका इञ्चार्ज डा। विजय चौथाइवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन्। सत्तारुढ नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन् । भेटवार्तामा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन ।
तर नेकपाभित्र संकट गहिरिएका बेला चौथाइवाको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भएको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।















प्रतिक्रिया दिनुहोस्