काठमाडौं र दिल्लीबीच हवाइ उडान सुरु हुने , दिए दुवै सरकारले स्वीकृति
काठमाडौं, मंसिर २५ । कोरोना महामारीपछि बन्द भएको काठमाडौं र दिल्लीबीचका उडानहरु अब सुचारु हुने भएका छन्।नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाइ उडान पुन सुरु गर्ने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
हालका लागि एयर ट्रान्सपोर्ट बबल मेकानिज्म अनुसार उडान गर्न लागिएको हो। सो व्यवस्था अनुसार ती उडानमा हाल नेपाल र भारतका नागरिकहरु मात्र उड्न पाउने छन्।
‘दिल्ली र काठमाडौंबीच उडान सुरु गर्न दुवै सरकारले स्वीकृति दिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ,’ दूतावासले भनेको छ। अहिले एयर इन्डिया र नेपाल एयरलाइन्सले दैनिक उडान गर्नेछन्।















प्रतिक्रिया दिनुहोस्