नेकपा नेता लामाको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं , मंसिर २५ । नेपाल कम्यिनस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमान सिं लामाको कोरोना भाइरस संक्रमणबाट बिहीबार विहान निधन भएको छ । ६९ वर्षका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
२०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य बनेका थिए र २०६३ सालमा पुनर्स्थापित संसद सदस्य रहेका लामाले केही समय दक्षिण कोरियाका लागि नेपाली राजदूतको रुपमा पनि नि काम गरे ।
लामा हाल नेकपाको आदिवासी जनजाति संगठन आदिवासी जनजाति महासंघ, नेपालका सहइन्चार्ज थिए । लामाका दुई श्रीमती, १ छोरा र ४ छोरीहरु छन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न लामाको अभाव महसुस हुने बताए ।
यता प्रधानमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत कमानसिंह लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेका छन् ।
निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा ९चौम०बाट कम्युनिस्ट पार्टीको सदस्य भइ लामाले राजनीतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । ‘२०४८ सालको आम निर्वाचनपछि काभ्रे क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामासँग संसद्मा भएको सहकार्य यस क्षणमा मैले स्मरण गरिरहेको छु । मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने छ’, प्रधानमन्त्री ओलीले लामाले गरेको योगदानको स्मरण गरेका छन् ।
निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रुपमा जनपक्षीय भूमिका खेलेका लामाले केही समय कोरियाका लागि नेपाली राजदूतको भूमिका समेत निर्वाह गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्