आज पनि घट्यो सुनको मूल्य

काठमाडौँ, मंसिर २५ । सुनको मूल्य आज पनि सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९ सय रूपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन पनि सोही अन्तरमा घटेर आज प्रतितोला ९२ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ।

यसअघि बुधबार पनि सुनको मूल्य ७०० रूपैयाँले घटेको थियो । बुधबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार १ हजार २ सय रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्