एचआइभी संक्रमितको संख्या बढ्दै

काठमाडौं। कास्की जिल्लामा एचआइभी संक्रमितको संख्या बढेको देखिएको छ ।

आव २०७३/०७४ को अन्त्यसम्मको जानकारी अनुसार एचआइभी संक्रमित दुई हजार २०० पुगेका छन् । उनीहरुले अहिले सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि सेवन गरिरहेको स्रोतले जानकारी दियो ।

अघिल्लो आ.वमा एचआइभी संक्रमित दुई हजाररहेका थिए । एचआइभी संक्रमितका क्षेत्रमा काम गर्दै आएको कम्युनिटी सपोर्ट गु्रपका अनुसार आजसम्म एचआइभी एड्सबाट ४१ जनाको मृत्यु भएकामध्ये चार जना कास्कीका रहेका छन् । अवैध यौन सम्बन्धभन्दा सुइबाट लागूऔषध प्रयोगकर्तामा एचआइभी संक्रमण बढ्दै गएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्