सरकारविरूद्ध प्रदर्शन गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाण्डौ , मंसिर २४ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
सरकारविरूद्ध देशैभर प्रदर्शन गर्ने बताएको कांग्रेसले उक्त प्रदर्शनबारे रणनीति तय गर्न बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको हो ।
बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
भ्रष्टाचार बढेकोलगायत विषयमा कांग्रेसले मंसिर २९ गते सबै जिल्लामा प्रदर्शन गर्न लागेको छ ।















प्रतिक्रिया दिनुहोस्