कोरोनाले मानिसको जीवनशैली र भविष्यको जीविकामा असर गर्यो : प्रधानमन्त्री ओली

काठमाडौँ, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूहिक सहकार्यको जरूरी रहेको बताएका छन् ।

सार्क मुलुकको अध्यक्ष राष्ट्रका हैसियतमा सार्कको ३६औँ बडापत्र दिवस ९चार्टर डे०का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले महामारीबाट बाहिर निसक्न सामूहिक रूपमा अघि बढ्न आवश्यक भएको समेत बताए ।

साथै कोभिड-१९ को महामारीले अभूतपूर्व चुनौती प्रस्तुत गरेको भन्दै उनले महामारीले स्वास्थ्य र अर्थ व्यवस्थामा मात्र नभई सामाजिक जीवन, यस क्षेत्रका मानिसको जीवनशैली र भविष्यको जीविकामा समेत असर गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्