साझा र विवेकशील पार्टीबीच दोस्रोपटक एकता, अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे
काठमाडौं, मंसिर २४ । विवेकशिल नेपाली दल र साझा पार्टी दोस्रो पटक एक भएका छन् । यसअघि यि दुई दल एक भएर फुटेका थिए । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको हो ।
दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो। एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।
काठमाडौंबाट भर्चुअल प्रणालीबाट आयोजना गरिएको कार्यक्रममा यि दुवै दलले एक भएको घोषणा गरेका हुन ।नयाँ दलको नाम विवेकशील साझा पार्टी राखिएको छ ।
योसँगै साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र अध्यक्ष भएका छन् भने विवेकशिल नेपाली दलका अध्यक्ष रहेका मिलन पाण्डे राष्ट्रिय संयोजक भएका छन् ।एकीकरण पत्रमा मिश्र र पाण्डेले हस्ताक्षर गरेका छन् ।एकीकरण कार्यक्रममा मिश्रले आफ्नो पार्टीले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने विषयमा अघि बढ्ने बताए । कार्यक्रममा पाण्डेले नयाँ दललाई युवाको पार्टी बनाउने बताए ।
दुवै जनाले विगतमा एक भएको पार्टी फुटेकोमा गल्ति महशुस भएको बताए ।कार्यक्रममा नेता पाण्डेले एकीकृत दल लोकतान्त्रिक र प्रगशिल दुवै सिद्धान्तलाई अँगाल्ने बताए ।साथै उनले विदेशमा रहेका नेपालीहरुको हकहितको विषयलाई जोडतोडले उठाउने बताए । बैकल्पिक केन्द्रका रुपमा दललाई अघि बढाउने उनको भनाई छ ।
एकीकृति पार्टीको चुनाव चिन्ह तराजु राखिएको छ ।नयाँ पार्टीको केन्द्रिय समिति १ सय ३० जनाको रहने जनाइएको छ । जसमा दुवै दलबाट ६५–६५ रहने छन् ।साथै दुई महिनाभित्र सवै संरचना समायोजन गर्ने एकीकरण कार्यक्रममा बताइएको छ ।
त्यसैगरी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने र त्यसबाट नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्