प्रधानमन्त्रीलाई पौडेलको प्रश्न – दमौलीमा मलाई किन पक्राउ गरेको ?
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई दमौलीमा पक्रनुको कारणबारे प्रधानमन्त्रीसँग प्रश्न गरेको छन् । उनले आफुलाई किन पक्रेको भनि प्रश्न समेत गरेका थिए ।
गत मंसिर १७ गते तनहुँको व्यास नगरपालिकामा पर्ने बुल्दीखोला पुल उद्घाटनका लागि जाने क्रममा तनहुँ प्रहरीले पौडेललाई पक्राउ गरेको थियो ।प्रहरीले पौडेललाई पक्रनुको कारणबारे स्पष्ट पार्दै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिएको जिकिर गरेको थियो ।
मंगलबारको सर्वदलीय बैठकमा पौडेलले सरकारले नैतिक शक्ति गुमाएका कारण सडकमा राजावादीहरु सलबलाएको बताएका थिए । पौडेलले सरकार सर्वसत्तावादी दिशामा अघि बढेको आरोप लगाउँदै सच्चिन आग्रह गरेका थिए ।संसद बैठक छिटो बोलाउन माग गर्दै नेता पौडेलले अध्यादेशबाट सरकार चलाउनु लोकतन्त्रको भावनाविपरीत भएको बताए ।















प्रतिक्रिया दिनुहोस्