आइपिओ निष्काशन गर्न ज्योति लाइफले दियो बोर्डमा आवेदन

काठमाडौं, मंसिर २३ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले ६६ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको हो।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ। बोर्डबाट अनुमति पाउने बित्तिकै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न सक्नेछ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। ६६ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गरे सँगै चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्