सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्रको माग गर्यो राप्रपाले, तर पाएन जवाफ

काठमाडौं , मंसिर २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । बैठकमा राप्रपाका नेताहरुले राजतन्त्रको पक्षमा रहेको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको बताएका छन् ।

हामीले राजतन्त्रसहितको लोकतन्त्र र हिन्दु राष्ट्रका विषयमा सर्वदलीय बैठकमा छलफल गर्न प्रस्ताव गर्‍यौं, तर यसमा कुनै जवाफ भने नपाएको राप्रपाका नेता दीपक बोहराले बताए । नेता बोहोराले मुलुकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिए । साथै सर्वदलीय बैठकमा राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको माग गरिएको छ ।

यता लोकतन्त्र र हिन्दुराष्ट्र हुनुपर्ने मागसहित देशभर प्रर्दशन भइरहेको छ । । यसैबेला नेता बोहोराले राजावादीहरुले गर्दै आएको प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको समेत बताएका छन् । उनले सरकारले कोभिड नियन्त्रण गर्न नसकेको, औषधि व्यवस्थापनमा अनियमितता गरेको र भ्रष्टाचार बढेको भन्दै सरकारको चर्को आलोचना समेत गरे ।

प्रतिक्रिया दिनुहोस्